२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चेन्नाइसामु ब्याटिङ नचल्दा कोलकाताको पहिलो हार

२७ चैत्र, काठमाडौं । चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । कोलकाताको यो पहिलो हार हो । १३८ रनको लक्ष्य चेन्नाइले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । चेन्नाइका कप्तान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौकासहित सर्वाधिक ६७ रनमा नट आउट रहे । रचिन रविन्द्र १५, डर्याल मिचेल २५ र शिवम दुबेले २८ रन बनाए । महेन्द्रसिंह धोनी १ रनमा नट आउट रहे । कोलकाताका वैभव आरोराले २ र सुनिल नारायणले १ विकेट लिए ।

त्यसअघि चेन्नाइको घरेलु मैदानमा चेपौकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । पछिल्लो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध २७२ रन बनाएको कोलकाता चेन्नाइको बलिङसामु भने चल्न सकेको थिएन । कोलकाताका कप्तान श्रेयस ऐरले सर्वाधिक ३४, सुनिल नारायण २७, रगुवंशी २४, आन्द्रे रसेल १० र रिंकु सिंह ९ रनमा आउट भए । चेन्नाइका तुषारदेशपाण्डे र रवीन्द्र जडेजाले ३/३ तथा मुश्ताफिजुर रहमानले २ र महेश थिक्सेनाले १ विकेट लिए ।

राजस्थान ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा छ । कोलकाता ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । चेन्नाइ ५ खेलमा ३ मा जित र २ मा हारसहित चौथो स्थानमा छ । लखनउ ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ । १० टोली सहभागी आईपीएलका शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

 

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस