२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लागुऔषध सेवनको नतिजा, लिन सिकाउने र खान साथदिने साथीले नै छुरा धसेर हत्या

Consequences of drug use

काठमाडौं । जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ। सोमबार दिउँसो महोत्तरीको एकडाडा गाउँपालिका घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या भएको प्रहरीले जनाएको छ।

लागुऔषध सेवन गरेका उनलाई लागुऔषध प्रयोगकर्ताहरूले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका–४ स्थित विश्वकर्मा चोक नजिक सोमबार दिउँसो १ बजेतिर महासेठमाथि छुरा प्रहार भएको थियो।

शौचालयभित्र गम्भीर घाइते अवस्थामा महासेठ छट्पटाइरहेको सूचना पाएको प्रहरीले उनलाई प्रादेशिक अस्पताल जनकपुर पुर्याएको थियो। अस्पताल पुर्याएको केही बेरमै डाक्टरले उनलाई मृत घोषणा गरेको डिएसपी अवाले बताए। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। यद्दपि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन। मृतक युवकको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस