२०८१ असोज १० गते बिहिवार | 2024 September 26th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा भयानक आगलागी

२६ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो ।

सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु राखिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । विद्यतुत सर्ट भएर आगलागी भएको सशस्त्र प्रहरीको दाबी छ । अहिले चार वटा दमकलको सहयोगमा आगो निन्त्रणको प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस