२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूजा शर्माको शल्यक्रिया सफल, पल शाहले भने- आफ्नो ख्याल राख्नू

काठमाडौं । अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा शल्यक्रिया सफल भएको उनले जानकारी दिएकी हुन् । समाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी पूजाले डाक्टरको सल्लाहअनुसार अझै केही दिन बेडरेस्टमा रहने पनि बताएकी छन् ।

‘डाक्टरको अथक प्रयासपछि शल्यक्रिया सफल भएको छ, उहाँहरुलाई धन्यवाद’, उनले भनेकी छन्, ‘मेरो स्वास्थ्य सुधार हुँदै आइरहेको छ । मेरो स्वास्थ्य लाभको कामना गर्ने शुभचिन्तकहरुलाई पनि धन्यवाद ।’

पूजाको विरामी अवस्थाबारे थाहा पाएपछि अभिनेता पल शाहले कमेन्टमै स्वास्थ लाभको कामना गरेका छन् । उनले भनेका छन्, ‘चाँडै निको होस् भन्ने प्राथना गर्छु, आफ्नो ख्याल राख्नू । चलचित्रकर्मीमाझ ‘रोएरै फिल्म चलाउने’ अभिनेत्री तथा निर्माताको परिचय बनाइएकी पूजा चर्चा र विवादमा आइरहने कलाकार हुन् । हालैमात्र उनको चलचित्र ‘उपहार’ प्रदर्शनमा आएको थियो भने आगामी जेठमा ‘दान्भी’ रिलिज हुँदैछ ।’

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस