२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोरियाकी नेपाली बंगुर क्वीन सुमोह राई, एक महिनामा ५ देखि ७ करोड नेरु ! [ भिडिओसहित ]

।agriculture work in korea Pig farm in Korea🇰🇷eps Korea

काठमाडौं । नेपालीहरुले विदेश पुगेर सिकेको सिप र उद्यम गर्ने तरिकालाई नेपाल फर्काएर नेपाली धर्तीमा लगाउने हो भने, विश्वको अनुपम टुक्रा नेपाल हुने थियो । विदेश नै जानु नराम्रो हैन । तर पढ्न वा कामका लागि विदेश गएकाहरुलाई अध्ययन सकेपछि र केही कमाई-सिप आर्जन गरेपनि स्वदेश फर्किने वातावरण मात्र बनाईदिने हो भने, साँच्चै यो देश बेहुली जस्तै विकासले सजिन्थ्यो । यसको एक उदाहरण हुनसक्ने भएकाले कोरिमा रहेकी नेपाली छोरी सुमोह राईलाई प्रतिनिधि पात्रको रुपमा लिन्छौं ।’

उनी अहिले कोरियामा बंगु फर्ममा काम गरिरहेकी छिन् । पहिले भाषा मात्र पढेर कृषि क्षेत्रमा काम गर्नका लागि गएकी राईको रोजगारी बंगुर फर्ममा जुर्यो । नेपालमा पालिएका बंगुरलाई दानापानी दिनु र महिना वा बर्षपछि मात्र उनीहरुको फोहोर फाल्नु मात्र बुझेकी सुमोहले त्यही धेरै सिकिन् । बंगुर वा सुगुर फोहोरमा नै हुने जात हो उसले निकाल्ने मत्र-मुत्र सफा नगरिदिएपनि हुन्छ भन्ने सोच नेपालमा छ ।’

तर कोरियाका व्यवसायिक बंगुर फर्म मानिस बस्ने भन्दा सफा छन् । त्यति मात्र हैन । अनेकौं भिटामिन र रोग प्रतिरोधात्मक खोपहरु दिइरहनुपर्र्छ । यो ज्ञान सुमोहलाई थिएन । तर अहिले उनी यो सबै कुरामा जानकार भइरहेकी छन् । मात्र तीन जना कामदार राखेर एक व्यवसायिले डेढ सयदेखि दुई सय केजीका सात सयभन्दा बढी बंगुर एक महिनामा बेचिरहेका छन् । यो सुमोहकै फर्मको कुरा हो । सबै २ सय केजीका भए भने झण्डै १० करोड महिनाको आम्दानी हुन्छ । १ सय देखि डेढ सय केजीको सरदरमा भएमापनि ५ देखि ८ करोडको कारोबार उनको साहुले गर्छन् ।’

साहुले नाफा कमाएकोपनि थाहा छ । अब सुमोहसँग बंगुर पाल्ने तरिका र नाफा कमाउने काइदापनि थाहा छ । तर नेपालमा त्यही काम गर्दा अनेकौं बाधाले लाखौं घाटा गएको सत्यपनि उनलाई थाहा छ । मानिसकै जति बंगुरलाई माया गरेर हुर्काइरहेकी सुमोहलाई नेपालमा अवसर दिने हो भने त्यो ज्ञान र सिपले सफल नबनाउँला भन्न सकिन्न । तर नेपालमा भनेजस्तो अझै छैन ।

राज्यस्तरबाट कृषकका लागि प्रोत्साहन, जोखिमको सुरक्षा र सरलता र सहजताका लागि आवश्यक भौतिक विकास छैन । यसैले ज्ञान, सिप र लगानी गर्ने आर्थिक अवस्था हुँदापनि विदेशमा रहेका नेपाली स्वदेश नफर्किएर उतै वा बस्न मिल्ने अरु राम्रा देश ताकिरहेका छन् । कोरियामा कमाएको रकम युरोप र अमेरिका जस्ता मुलुक लैजान प्रयासरत छन् । यो सामाग्री हामीले सुमोहको आफ्नै युबट्युब च्यानलबाट लिएको हो । उनको च्यानल भिजिट गर्नुभयो भने, धेरै जानकारी पाउनसक्नुहुन्छ ।

Video

डिग्री पास गरेर कोरियामा गू सोर्दै।agriculture work in korea |🐖 🐷Pig farm in Korea🇰🇷eps Korea ||

 

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस