२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वमन्त्री र सचिवालयका सदस्यहरू चढेको गाडी कृष्णभीरमा दुर्घटना

राजविराज । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवारी दुर्घटनामा परेका छन् । उनीसवार गाडी बिएसी २७३५ नम्बरको गाडी सोमबार धादिङको कृष्णभीरमा दुर्घटनामा परेको छ। पूर्वमन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्यहरू चढेको गाडी बर्दिया जाने क्रममा दुर्घटनामा परेको जनाईएको छ। खानका स्वकीय सचिव अतिउल्लाह मुसलमानका अनुसार अर्को जिपलाई जोगाउने क्रममा गाडी भित्तामा ठोक्किएको हो।

दुर्घटनामा खानसहित चालक, स्वकीय सचिव र कम्प्युटर अपरेटर घाइते भएका छन्। स्वकीय सचिव मुसलमानका अनुसार सांसद खानको देब्रे हात फ्य्राक्चर भएको छ। त्यस्तै उनको दाहिने हातको औंलामा पनि चोट लागेको छ। आफ्नो खुट्टा र कम्मरमा चोट लागेको उनले वताए। चालकको छातीमा र कम्प्युटर अपरेटर अनवर खानको टाउकोमा चोट लागेको छ। अहिले उनीहरुलाई उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस