२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अघिल्लो खेलमा १२ लाख जरिवाना तिरेका ऋषभ पन्तलाई फेरि २४ लाख जरिवाना

Rishabh Pant, who had paid a fine of 12 lakhs in the previous match, was again fined 24 lakhs

काठमाडौं । आईपीएल २०२४ मा ४ खेल मध्ये ३ खेल हारेर दिल्ली क्यापिटल्स अंक तालिकामा नवौं स्थानमा पुगेको छ। अप्रिल ३ मा कोलकाता नाइट राइडर्ससँगको खेलमा ऋषभ पन्तको कप्तानीमा रहेको दिल्लीले १०६ रनले लज्जास्पद हार बेहोरेको थियो । खेल हारेपछि आईपीएलमा दिल्लीको अवस्था खराब मात्र भएन, बीसीसीआईले उनीहरुलाई आईपीएल आचार संहिता अन्तर्गत जरिवाना समेत गरेको छ । आईपीएलको यो सिजनमा लगातार दोस्रो पटक स्लो ओभर रेटका कारण ऋषभ पन्त र दिल्ली क्यापिटल्सले ठूलो हार बेहोरेको छ ।

पन्तलाई २४ लाख रुपैयाँ जरिवाना गरिएको छ भने दिल्ली क्यापिटल्स प्लेइङ इलेभेनका खेलाडीलाई ६ लाख वा खेल शुल्कको २५ प्रतिशतमध्ये जुन कम हुन्छ त्यति जरिवाना गरिएको छ। आईपीएलमा लगातार दोस्रो पटक स्लो ओभर रेट राखेको आरोपमा बीसीसीआईले कप्तान ऋषभ पन्त र दिल्ली क्यापिटल्सको सम्पूर्ण टोलीलाई कारबाही गरेको छ । पन्तले दोस्रो पटक आईपीएलको आचारसंहिता उल्लंघन गरेका छन् । यसअघि चेन्नईविरुद्धको खेलमा स्लो ओभर रेटका कारण पन्तलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस