२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जनप्रदर्शनलाई रोक्न सरकारले निषेधाज्ञा जारी गरे राप्रपाले प्रतिकार गर्छ : लिङ्देन

Rajendra Prasad Lingden

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको सहभागिता हुने दाबी गरेको छ। जनप्रदर्शनको तयारीका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पूरा भएको र ५० हजारभन्दा बढीको सहभागीता हुने दावी गरेका हुन्। उनले आफ्नो पार्टीको प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सुरक्षाको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए। आफूहरुको प्रदर्शनलाई रोक्न सरकारले निषेधाज्ञा जारी गरे राप्रपाले त्यसको प्रतिकार गर्ने उनले बताए। पछिल्लो दिनमा विरोध प्रदर्शन गर्न पाउने अधिकारलाई कुण्ठित गर्न निषेधाज्ञा जारी गर्ने, लाठिचार्ज गर्ने काम भएको भन्दै उनले निन्दा र भत्र्सना गरे।

उनले भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शनले शहरका विभिन्न स्थानको परिक्रमा गरेर सभामा परिणत हुने जानकारी दिए। अध्यक्ष लिङ्देनले आफूहरुको एजेण्डमा सहमत जनाउनेहरुलाई पनि प्रदर्शनमा सहभागी हुन अपिल गरे। राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र समेत बुझाएको थियो। जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नु्पर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगाएतका रहेका छन्।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस