२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टी–२० विश्वकपमा नेपालको जर्सी नयाँ हुने

काठमाडौं । आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपको लागि नेपालको जर्सी नयाँ हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकपको जर्सी तयार गरी सकेको छ । क्यानले चाँडै नै औपचारिक कार्यक्रम गरेर उक्त जर्सी सार्वजनिक गर्ने तयारी गरेको छ ।

नयाँ जर्सीको सबभन्दा तल गैंडा र सगरमाथा हुनेछ । रातो, हल्का मधुरो र सेतो रंगमा हुनेछ । बीचमा नेपाल लेखिएको हुनेछ । बीचको भागको रंग निलो हुन्छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो हुनेछ । कलर अर्थात् घाँटीको भाग रातो रंगमा हुनेछ । दुवै भागतर्फ बाउला (हातमा) नेपालको झण्डा हुनेछ ।

एकतर्फ केल्मीको लोगो हुनेछ । पछाडिको अधिकांश भाग निलो रंगमा हुनेछ । जर्सी नम्बरमाथि खेलाडीको नाम हुनेछ । तल्लो भागमा सगरमाथा नै हुनेछ । जर्सी वर्तमान सिनियर टोलीले लगाएको भन्दा फरक बनाएको छ । टी–२० विश्वकपको समूह डी मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्डस् र नेपाल छन् । शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन् । नेपाल सन् २०१४ पछि पहिलो पटक टी–२० विश्वकप खेल्नेछ ।

 

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस