२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले जित्यो भारतमा भएको फ्रेन्डसिप कप टी २० प्रतियोगिताको उपाधि

Nepal won the title of Friendship Cup T20 tournament in India

काठमाडौँ । भारतमा भएको फ्रेन्डसिप कप टी २० प्रतियोगिताको उपाधि नेपालले जितेको छ। फाइनलमा नेपालले गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको हो। नेपालले गुजरातलाई १ सय ७७ रनको लक्ष्य दिएकोमा २० ओभरमा ८ विकेट गुमाउँदै जम्मा १ सय ५८ रन मात्रै बनाएपछि नेपालले सहजै उपाधि पायो। टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रन बनाएका थिए।

ओपनर आसिफ शेख ३४ बलमा २ चौका र १ छक्कासहित ३४ तथा कुशल भुर्तेल २१ बलमा १९ रन बनाएर आउट भए। कुशल मल्ल १३ बलमा २ चौका र २ छक्कासहित ३१ तथा सन्दीप जोरा ७ रनमा नट आउट रहेका थिए। दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए। गुजरातका स्नेह पटेल, तेजास पटेल, जयमित पटेलले र जाला युवराज सिंहले १–१ विकेट लिएका थिए।

नेपालले दिएको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाएका थिए। आर्य देशाई २४ बलमा ४ चौका र २ छक्कासहित ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले १५/१५ रन बनाए पनि जित्न भने सकेनन्। नेपालका बदल अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका थिए। करण केसी र कुशल मल्लले १/१ विकेट लिए।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस