२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जताजता धिरज, उतैउतै उपासना

Dhiraj Upasana Singh Thakuri

काठमाडौं । नायिका उपासना सिंह ठकुरी र नायक धिरज मगरले फिल्म ‘खुस्मा’मा काम गर्दैछन् । यो फिल्मको एक चरणको छायांकन भइसकेको छ भने अर्को चरणको छायांकन बाँकी छ । उसो त, नायिका ठकुरीलाई नायक धिरज मगरसँग काम गर्ने रहर पहिलेदेखि नै थियो । पहिलो पटक पर्दा शेयर गर्दा उनी उत्साहित छिन् ।

सार्वजनिक कार्यक्रममा पनि धिरज र उपासना एकसाथ अतिथि बन्ने गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा पनि यी दुई मुख्य अतिथि बनेर पुगे । सो कार्यक्रममा समाजसेवाको विषयमा सोधिएको प्रश्नमा धिरजले आफ्नो मनको कुरा व्यक्त गरे । उनले, समाजसेवा देखावटी कुरा नभएको बताएका थिए ।

मिडियाकर्मीले सोही प्रश्न उपासनालाई पनि सोधे । उपासनासँग भने यसको जवाफ नै थिएन । उनले धिरजले भनेको कुरा नै आफ्नो भनाई रहेको बताइन् । एकसाथ फिल्म खेल्ने बित्तिकै धिरजको कुरा नै उपासनाको कुरा हुन थालेछ । मनपर्ने नायकसँग फिल्म खेल्ने अवसर आएर उपासना फुरुङ्ग परेकी हुन् या उनलाई यसको जवाफ नै दिन आएन, त्यो उनले नै जान्ने कुरा भयो । तर, आफ्नो बिचार राख्न छाडेर अरूको विचारमै पछि लाग्दा गाह्रो पर्छ है उपासनाजी ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस