२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दर्ता गराएकाविरुद्ध आज उजुरी दिन पाइने भएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारविरुद्ध कुनै उजुरी वा गुनासो भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र आज दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ।

उजुरी परेको खण्डमा जाँचबुझ गरी २६ गते बेलुका ५ बजेपश्चात उम्मेदवारको अन्तिम नामावली निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने छ। यसैगरी २७ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गर्ने आयोगको कार्यतालिका छ।

वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने आयोगको जानकारी दिएको छ। इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा एकै दिन उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगले दिएको जानकारी अनुसार इलाम- २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जनाले र बझाङ क्षेत्र नम्बर १ (१)मा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन दर्ता भएको छ।

 

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस