२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतको पुनेबाट नेपाल आइरहेको बसमा आगो लाग्यो

A bus coming to Nepal from Pune India caught fire

काठमाडाैं । भारतको पुनेबाट गौरीफन्टा आउँदै गरेको बसमा आगो लागेको छ । भारतको मध्य प्रदेशमा आइतबार बिहान नेपाली सवार बसमा आगो लागेको हो ।

भारतको यूपी नम्बरको बसमा आगो लागेको भएपनि पूर्ण विवरण आएको छैन । धनगढीबाट भारतका विभिन्न सहरहरूमा यातायात व्यवसाय सञ्चालन गर्दै आएकाहरूका अनुसार भारतबाट नेपालीहरू पठाइएको गाडीमा आगो लागेको हो । तर, भारतबाट नेपालीहरू पठाउने समितिको बारेमा समेत खुलेको छैन । बसमा चल्दा चल्दै आगो लागेको बताइएको छ । बस जलेर नष्ट भएको छ। मानवीय क्षति नभएको बसमा सवारहरूले बताएका छन् । बसमा सवारहरू अहिले बाटोमा अलपत्र परेका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस