२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने १३ जना पक्राउ

काठमाडौं । बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न अवरोध गरेपछि प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। शनिबार बिहान फोहोर बोकेर गएका टिपरहरूलाई रोकपछि बञ्चरेडाँडाबाट १३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ परेकाहरूलाई बालाजु वृत्तमा राखिएको छ। उनीहरूलाई काठमाडौंबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने सूचना पाएपछि बालाजु वृत्तको प्रहरी टोली र काठमाडौं महानगरको टोली पनि बञ्चरेडाँडा पुगेको थियो। त्यहाँ प्रदर्शन गर्नेहरूलाई काठमाडौंकै टोलीले नियन्त्रणमा लिएर गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिए।

‘त्यो काठमाडौंकै विषय भएकाले उहाँहरू आउनुभएको थियो। अवरोध गर्नेहरुलाई उहाँहरूले नै लिएर जानुभयो,’ डिएसपी भण्डारीले भने। ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो।

समितिले फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ११ बुँदे माग पेस गरेका थिए। उक्त मागहरू सम्बोधन नगरिएको भन्दै समितिले आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारेको थियो।

 

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस