२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चेन्नाईको दोस्रो हार, हैदराबाद ६ विकेटले विजयी

Second defeat for Chennai, Hyderabad win by 6 wickets

२४ चैत, काठमाडौं । इन्डिएन प्रिमिर लिग (आईपीएल)को जारी सिजनमा चेन्नाई सुपर किंग्सले दोस्रो हार व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा चेन्नाईलाई सनराइजर्स हैदराबादले ६ विकेटले पराजित गरेको हो ।

चेन्नाईले दिएको १६६ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । हैदराबादलाई जिताउन ऐडन मार्क्रमले ५०, ओपनर अभिषेक शर्माले 3७, ट्राभिस हेडले ३१, नितिश कुमार रेड्डीले १४ र हेनरिच क्लासेनले अविजित १० रनको योगदान गरे ।

चेन्नाईका मोइन अलीले २, दीपक चाहर र महिश थिकशानाले एक/एक विकेट लिए । यसअघि ब्याटिङ गरेको चेन्नाईले पाँच विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १६५ रन बनाएको थियो । चेन्नाईका शिवम दुवेले ४५, रवीन्द्र जडेजाले ३१, अजिंक्या रहानले ३५ रन, रुतुराज गायकवाडले २६ रन जोडे ।

हैदराबादका भुवनेश्वर कुमार, टी नटराजन, प्याट कमिन्स, सहबाज अहमद र जयदेव उनादकटले एक/एक विकेट लिए । यो खेल हारे पनि दुईमा जित र दुईमा हार व्यहोरेर ४ अंक जोडेको चेन्नाई तेस्रो स्थानमा छ भने चार खेलमा ४ अंक नै जोडेको हैदराबाट पाँचौं स्थानमा छ । रनरेटका कारण हैदराबादभन्दा लखनउ एकस्थानमा माथि चौथो स्थानमा रहेको छ । सतप्रतिशत जितका साथ समान ६ अंक जोडेका कोलकाता नाइट्स राइडर्स र राजस्थान रोयल्स क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

 

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस