२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोहलीले बनाए यस आईपीएलको पहिलो शतक

Kohli scored the first century of this IPL

काठमाडौँ । विराट कोहलीले यस सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो शतक प्रहार गरेका छन् । विराटले राजस्थान रोयल्सविरुद्धको खेलमा ६७ बलमा शतक बनाएका हुन् । यो यस सिजनको आइपिएलकै पहिलो शतक हो । त्यस्तै विराट कोहलीको आईपीएलमा अहिलेसम्मको आठौँ शतक हो ।

आजको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको रोयल्स च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ३ विकेट गुमाउदै १८३ रन बनाएको छ । योसँगै राजस्थान रोयल्सले १८४ रनको लक्ष्य पाएको छ । बैंगलुरुका लागि कोहलीले अविजित ११३ रन बनाए भने कप्तान फाफ डुप्लेसिसले ४४ रन बनाएका थिए । त्यसैगरी राजस्थान रोयल्सका बलर युजवेन्द्र चहलले २ विकेट लिए भने नान्द्रे बर्गरले एक विकेट लिएका थिए ।

 

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस