२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विराट कोहलीको ऐतिहासिक शतक बावजुद राजस्थान रोयल्ससँग रोयल्स च्यालेन्जर्स बैंगलुरु पराजित

काठमाडौँ । विराट कोहलीले यस सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो शतक प्रहार गरेपनि उनको टिम रोयल्स च्यालेन्जर्स बैंगलुरु राजस्थान रोयल्ससँग पराजित भएको छ । आज भएको खेलमा आरसीबी आरआरसँग ६ विकेटले पराजित भएको हो । विराटले राजस्थान रोयल्सविरुद्धको खेलमा ६७ बलमा शतक बनाएका थिए । यो यस सिजनको आइपिएलकै पहिलो शतक हो । त्यस्तै विराट कोहलीको आईपीएलमा अहिलेसम्मको आठौँ शतक हो ।

आजको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको रोयल्स च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ३ विकेट गुमाउदै १८३ रन बनाएको थियो । १८४ रनको लक्ष्य पाएको राजस्थान रोयल्सले ५ बल बाँकी छँदा लक्ष्य भेट्टायो । बैंगलुरुका लागि कोहलीले अविजित ११३ रन बनाए भने कप्तान फाफ डुप्लेसिसले ४४ रन बनाएका थिए । त्यसैगरी राजस्थान रोयल्सका बलर युजवेन्द्र चहलले २ विकेट लिए भने नान्द्रे बर्गरले एक विकेट लिएका थिए । राजस्थान रोयल्सका जोस बटलरलेपनि अन्तिम बलमा छक्का प्रहार गरेर ऐतिहासिक शतक पूरा गरे ।

 

 

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस