२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अभिनेत्री कोपिला थापा सडक दुर्घटनामा घाइते

काठमाडौँ । नेपाली फिल्मकी चर्चित चरित्र अभिनेत्री कोपिला थापा गम्भीर घाइते भएकी छन् । भारतको पन्जाबमा भएको सडक दुर्घटनामा केही दिन अगाडि उनी घाइते भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

एक कार्यक्रममा सहभागी भएर पञ्चकुलातिर फर्किएको उनीहरू चढेको कार दुर्घटना भएको थियो । दुर्घटना लगत्तै स्थानीयले उद्धार गरेर उनीहरूलाई चण्डीगढस्थित नेहरु अस्पताल पुर्‍याएका थिए । ‘केही दिन अगाडि मलाई कोपिलाले खबर गर्नुभएको थियो’, निरौलाले भने– ‘उनको अस्पतालमा उपचार भइरहेको छ ।’ उनले आफ्नो कम्बरदेखि तल नचलेको र ठिक हुन ६,७ महिना लाग्ने बताएको निरौलाको भनाई छ ।

कोपिलासँगै कारमा सवार यात्रु रुपा थापाको मृत्यु भएको र गोपाल नामका एकजना नेपाली घाइते भएको बताइएको छ । दर्जनौँ नेपाली फिल्म अभिनय गरेकी कोपिला फिल्म ‘महापुरुष’ मा मदनकृष्णको पत्नीको रोलमा देखिएकी थिइन् । मोरङ सलकपुरकी कोपिला अभिनेत्री रेखा थापाको ठूलाबुवाकी छोरी हुन् । कोपिलाले थुप्रै टेलिफिल्ममा समेत अभिनय गरेकी छन् ।

 

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस