२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ठमेल र दरबारमार्ग चौबिसै घण्टा खोल्ने तयारी

२३ चैत, काठमाडौं । आगामी नयाँ वर्षदेखि ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुल्ला राख्ने तयारी अघि बढाइएको छ । पर्यटकीय क्षेत्र दरबारमार्ग र ठमेललाई चौबिसै घण्टा खुला राख्ने तयारीका लागि शुक्रबार गृहमन्त्रालयमा पूर्ण समय व्यवसाय सञ्चालन सम्बन्धी सरोकारवालाहरूसँग ‘समन्वय तथा अन्तक्रिया कार्यक्रम’ गरिएको थियो ।

कार्यक्रममा आगामी १ वैशाखदेखि ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न लागिएको जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । चौबिसै घण्टा व्यवसाय सञ्चालनका लागि कार्यविधि समेत बनाएर बस्नेतले प्रस्तुति दिएका थिए । जसमा मदिरा सेवन गरेका सेवाग्राहीहरुले आग्रह गरेमा व्यवसायीहरूले घरसम्म पुर्‍याइदिनुपर्ने सम्मको विषयहरु उल्लेख गरिएको छ ।

मदिरा सेवनबाट अचेत भएकालाई व्यवसायीहरूले घरसम्म पुर्‍याइदिनुपर्ने, ध्वनि प्रदूषणरहित तरिकाले डान्स, डिस्को, दोहारी, क्लबहरू सञ्चालन गर्नुपर्नेसम्म कार्यविधिमा उल्लेख गरिएको छ । डान्सबारहरूमा अश्लिल नृत्य प्रदर्शन गर्न नहुने, मौलिकता झल्कने प्रदर्शन हुनुर्ने विषय पनि उल्लेख छ । १८ वर्षभन्दा मुनिकालाई क्लबहरूमा पस्न निषेधका साथै मजदुरको रुपमा समेत काम लगाउन नपाइने उल्लेख छ ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस