२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘रामायण’ सिरियलकी सीता नेपाल आइपुगिन्

काठमाडौं । रामानन्द सागर निर्देशित चर्चित भारतीय टेलिश्रृंखला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलिया शुक्रबार नेपाल आइपुगेकी छन् । सामाजिक संस्था जनजाति कल्याण आश्रमको १४ औं वार्षिकोत्सवमा सहभागी हुन उनी काठमाडौं आएकी हुन् । शनिबार आर्मी अफिसर्स क्लबमा हुने कार्यक्रममा उनी सहभागी हुनेछिन् ।

भारतीय लोकसभाकी पूर्वसांसदसमेत रहेकी चिखिलिया टेलिभिजनसँगै बलिउड र मलायमल फिल्मको कारणले पनि चर्चामा छन् । ‘रामायण’को कारण नेपालमा उनको ठूलो फ्यान फलोइङ छ । २१ वर्षदेखि सक्रिय जनजाति कल्याण आश्रमले विपन्न, सामाजिक सुविधाबाट बञ्चित बालबालिकालाई शिक्षा, स्वास्थ्य, स्वावलम्बन तथा संस्कार प्रदान गर्दै आएको छ । आश्रमले देशका विभिन्न ११ स्थानमा छात्रावास सञ्चालन गरिरहेको छ ।

यो छात्रवासले ३०० विद्यार्थीलाई निःशुल्क शिक्षा, आवास र भोजनको व्यवस्था गरेको छ । कल्याण आश्रमले छात्रावास बाहेक झापा, मोरङ, तथा चितवन जिल्लाका ग्रामीण भेगमा ८५ वटा जनजाति शिक्षा संस्कार केन्द्र सन्चालन गरिरहेको छ । आश्रमले जनजाति शिक्षा संस्कार अन्तर्गत दैनिक २००० भन्दा बढी बालबालिकालाई निःशुल्क पढाउँदै आएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस