२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले फ्रेन्डसिप कपको फाइनल भारतको गुजरातसँग खेल्ने

२२ चैत, काठमाडौं । नेपालले cमा जारी एसएमएस फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगिताकाे फाइनलमा गुजरातसँग खेल्ने भएको छ । नेपाल र गुजरातबीचको फाइनल खेल आइतबार हुनेछ । बिहीबार गुजरातले बरोडालाई ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । तर सुरुवाती तीन खेलमा जितेर नेपाल फाइनलमा पुगिसकेको छ ।

नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात ४ खेलमा २ जित र २ हारका साथ ४ अंक बनाएर साथ दोस्रो स्थानमा छ । बरोडा भने ३ खेलमा अंकविहीन हुँदै पुछारमा छ ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट, दोस्रो खेलमा बरोडालाई २७ रन र तेस्रो खेलमा गुजरातलाई नै ८ रनले हराएको थियो । अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल त्यसैको तयारीको लागि भारत भ्रमणमा छ ।

प्रिमियर कपमा नेपालको समूह ए मा मलेसिया, हङकङ, कतार र साउदी अरेबिया छन् । अर्को समूहमा ओमान, युएई, बहराइन, कम्बोडिया र कुवेत छन् ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस