२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महजोडीले अष्ट्रेलियामा हास्य प्रस्तुति दिने

काठमाडौं । महजोडीको रुपमा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अष्ट्रेलियाको एडिलेडमा हास्य प्रस्तुति दिने भएका छन् । दशकपछि महजोडी त्यहाँका दर्शकमाझ प्रस्तुत हुन लागेका हुन् । एसके इभेन्ट्सद्वारा आयोजना गरिएको ‘महजात्रा एडिलेड’ कार्यक्रम जुन ७ तारिखमा मा आइकोनिक क्याप्री थिएटर गुडवुडमा हुने भएको छ ।

महजोडी सँगै पाका लाकार नरेन्द्र कंसाकार, किरण केसी र कुन्ती मोक्तानले पनि मनोरञ्जन र सांस्कृतिक उत्सवमा प्रस्तुति दिने जनाइएको छ । यस प्रतिष्ठित स्थलमा दिग्गज नेपाली कलाकारको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिएर इतिहास रच्न तयार भएको एसके इभेन्ट्स एडिलेडका प्रबन्ध निर्देशक कमल थापा मगरले बताए । शीर्ष प्रायोजकमा एक्सपर्ट एजुकेसनल एंड भिसा सर्भिस जोडिएको छ । एक्सपर्टका प्रबन्धक रुपक बर्तौलाले यो महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन साझेदारी गरिएको बताए ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस