२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीलंकनलाई बन्धक बनाउने ४ पाकिस्तानी नागरिक काठमाडौंबाट पक्राउ

२३ चैत, काठमाडौं । श्रीलंकन नागरिकहरूलाई काठमाडौं ल्याई बन्धक बनाएर राखेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुहमा पाकिस्तान रावलपिण्डीका ५७ वर्षीय जुबैर अजमद, पाकिस्तान गुजरनवालाका ४२ वर्षीय शाहजहन तन्विर, सोही ठाउँका ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् ।

उनीहरु सबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो । उनीहरुले श्रीलंकन नागरिकलाई युरोपका विभिन्न देश पठाइदिने भन्दै प्रलोभन देखाएर काठमाडौं ल्याई बन्धक बनाएर राखेको आरोप लागेको छ । वैदेशिक रोजगारीमा क्यानडा, रोमानिया, ग्रिस पठाइदिने भन्दै श्रीलंकनलाई काठमाडौं ल्याइ बन्धन बनाउने, कुटपिट गर्ने धम्की दिने र रकम लुटपाट समेत गर्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले बताए ।

पक्राउ परेकाहरुलाई अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान तथा कारबाही गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस