२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ट्याक्सी खस्दा बेपत्ता भएका विवशको शव त्रिशूलीमा भेटियो, बबिताले छोरा, श्रीमान, सासुसहित परिवार नै गुमाइन्

२१, चैत, चितवन । बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा ट्याक्सी दुर्घटना परेर वेपत्ता भएका गोरखा – ७ पौवाखेतका १८ बर्षीय विवश रोकाको शव आज विहान त्रिशूली नदीमा भेटिएको छ । चैत १७ गते विहान चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा बिवस बेपत्ता भएका थिए भने अन्य पाँच जनाको शव भेटिएको थियो । अल्पआयुमा नै विवशका बुबाको क्यान्सरबाट निधन भयो । सोही दुर्घटनामा उनी हजुर आमाकोपनि निधन भएको थियो । श्रीमान् र सासुको किरिया गर्दै ३६ वर्षीया बबिता एक्ला छोराको खुट खबर कुरेर बसेकी थिइन् । आज उनीपनि मृत भेटिए ।

दुर्घटनामा परेर वेपत्ता भएको ५ दिन पछि शशस्त्र प्रहरीको खोजी टोलीले इच्छाकामना गाउँपालिका ६ कालीखोला नजिकै नदीमा पानीले शव घुमाइरहेको अवस्थामा बिवसको शव फेला पारेको हो । शव फेला परेपछि आफन्तहरुलाई बोलाएर सनाखत गरिएको प्रहरीले जनाएको छ । आफन्त तथा जनप्रतिनिधीहरुको रोहवरमा लास जाँच मुचुल्का गरेर प्रारम्भिक अनुसन्धान पुरा गरी शव परीक्षणका लागि गोरखा पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

चैत १६ गते क्यान्सर रोगबाट मृत्यु भएका बुवा शंकर रोकाको अन्तिम संस्कार गरेर गोरखा फर्कने सो ट्याक्सी दुर्घटनामा परेको थियो । दुर्घटनामा परि गोरखा नगरपालिका–७ का ९ वर्षीय बालक आगमन नगरकोटी, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अन्जना रोका, ४१ वर्षीया हरिमाया रोका र ३२ वर्षीय अर्जुन सिर्मलको मृत्यु भएको थियो । उनीहरु एकै परिवारका हुन् ।

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस