२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एक बर्षमा आर्जन गर्यो तीन अर्ब ७२ करोड रूपैयाँ खुद मुनाफा

२१ चैत, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। यसै क्रममा बैंकले आर्थिक वर्ष २०७९-८० मा बैंकले तीन अर्ब ७२ करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ।

आर्थिक वर्ष २०७८-०७९ मा साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल गरी कुल निक्षेप ३ खर्ब ४३ अर्ब रूपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रूपैयाँले वृद्धि भई आर्थिक वर्ष २०७९-८० को अन्त्यमा बैंकको निक्षेप तीन खर्ब ६० अर्ब रूपैयाँ पुगेको बैंकले जनाएको छ।

त्यसैगरी आर्थिक वर्ष २०७९-८० को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम तीन खर्ब १२ अर्ब रूपैयाँ कायम रहेको र अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको गरी कुल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रूपैयाँ रहेको बैंकले जनाएको छ।

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस