२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नक्कली शरणार्थी प्रकरण: पूर्वमन्त्री टोपबहादुर रायमाझीकाे पेशी निवेदकले नै हटाए

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन स्थगित भएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा बुधबार उक्त रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको थियो । तर रिट निवेदकहरु कै तर्फका कानून व्यवसायीबाट स्थगित गरिएको सर्वोच्चले जनाएको छ ।

रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्दकुमार चौधरी, सागर राई, इन्द्रजित राई र सानु भण्डारीले उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग गर्दै सर्वोच्चमा रिट हालेका हुन् । काठमाडौं जिल्ला अदालतको आदेश सदर गर्दै उच्च अदालत पाटनले पनि उनीहरूलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।

सोही प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई भने उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस