२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मंयकको गतिसामु टिक्न सकेनन् बेंग्लोरका ब्याट्सम्यान, रोयल च्यालेन्जर्सले २८ रनले हरायो

Bangalore's batsmen could not withstand the pace of Manyak, Royal Challengers lost by 28 runs.

२१ चैत, काठमाडौं । तीव्र गतिका बलर मयंक यादवले आफ्नो १५० प्रतिघण्टा किलोमिटरको गतिको बललाई निरन्तरता दिएपछि लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंग्लोरलाई २८ रनले हराएको छ । १८२ रनको विजयी लक्ष्य पछ्याएको बेंग्लोरले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो । बेंग्लोरका महिपाल लोमरोरले १३ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३३ रन बनाए ।

मयंक यादवले रजत पाटिदारलाई २९, ग्लेन म्याक्सवेललाई शून्य र क्यामरन ग्रीनलाई ९ रनमा आउट गर्दै जित सहज बनाएका थिए । ओपनर विराट कोहली २२, फाफ डु प्लेसिस १९ र अनुज रावत ११ रनमा आउट भए ।

लखनऊका मयंक यादवले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिंदै लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिए । नवीन उल हकले २ विकेट लिए । त्यसअघि चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।

लखनऊका ओपनर क्विनटन डि ककले ५६ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८१ रन बनाए । निकोलस पुरनले २१ बलमा १ चौका र ५ छक्कासहित ४०, मार्कस स्टोइनिस २४ र लोकेश राहुल २० रनमा आउट भए । बेंग्लोरका ग्लेन म्याक्सवेलले २, रिस टोप्ली, यश दयाल र मोहम्मद शिराजले एक/एक विकेट लिए ।

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस