२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पोने २८ लाखसहित सर्लाहीका दुई हुण्डी कारोबारी पक्राउ

जनकपुरधाम । सर्लाही प्रहरीले पोने २८ लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ९ का २४ वर्षी कमर राजा र सोही नगरपालिका ३ का ४० वर्षीय आरिफ अन्सारी छन् । उनीहरूबाट २७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सविन कार्कीले जानकारी दिए ।

उनका अनुसार मलंगवा नगरपालिका ९ स्थित सडकमा राजा कालो झोला बोकेर गइरहेका थिए । प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा नगद १० लाख रुपैयाँ र लक्ष्मी सनराईज बैंकको ९ लाख ९० हजार जम्मा गर्ने दुई वटा भौचर समेत फेला परेको थियो ।

‘राजालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा अन्सारीले सञ्चालन गरेको फोन सिटी मोबाइल पसलबाट ल्याएको बयान दिए’, प्रहरी निरीक्षक कार्कीले भने, ‘राजालाई लिएर अन्सारीको पसलमा प्रहरी पुग्यो । त्यहाँ १७ लाख ७५ हजार ९९० रुपैयाँ बरामद भयो ।’

बरामद रकमको उनीहरूले स्रोत खुलाउन नसकेको प्रहरी निरीक्षक कार्कीले बताए । हुण्डी कारोबारी रहेको आरोपमा मुद्दा दर्ता गरी कारबाही तथा थप अनुसन्धान अगाडी बढाएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस