२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अस्कलमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बीच झडप, २ घाइते

काठमाडौं, चैत १९ । काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) बीच झडप भएको छ।

सोमबार बिहान अस्कलमा दुई पक्षबीच झडप हुँदा २ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। भलिबल खेल्ने विषयमा विवाद उत्पन्न भई झडप भएको एसपी अधिकारीले बताए।

घाइते हुनेमा जितेन्द्र भण्डारी र विश्राम शर्मा छन्। उनीहरूलाई सामान्य चोट लागेको छ। घाइते भएका उनीहरूलाई पिपल्स अस्पतालमा उपचार गराएर डिस्चार्ज गरिसकेको छ। प्रहरीले दुई जनालाई नियन्त्रणमा पनि लिएको छ। पंकज पाण्डे र गणेश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो। उनीहरूलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको छ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस