२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लमजुङको श्रीचौरमा पहिरो, बेँसीसहर–चामे सडक अवरुद्ध

१८ चैत, लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरमा वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंका अनुसार शनिबार बेलुकी साढे ७ बजेदेखि सडक अवरुद्ध भएको हो ।

बेँसीसहर–चामे सडकखण्ड लमजुङ र मनाङलाई जोड्ने एकमात्र सडक हो । सडक अवरुद्ध भएकाले सवारी साधन चल्न नसक्दा यात्रुहरु मर्कामा परेका छन् । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय समेतको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस