२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहसचिव सपनालाई शुभकामना भन्न सकिन्न !

काठमाडौं । अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) चलि रहेको छ । परीक्षाका लागि विद्यालयबाट अन्तिम बिदाई हुँदा विद्यार्थीका ढाड र छात्तिमा लेखिएका शब्दहरुका तस्विर खुबै भाइरल भएका थिए । त्यसलाई बडो हर्षका साथ अधिकांशले सेयर गरेका थिए ।

तर त्यो देशका लागि भने सुखद हैन । विश्वका विकसित देशमा छोडिएको जागिर हो, सरकारी जागिर । त्यहाँ बच्चा ठूलो भएपछि के बन्ने ? भन्ने प्रश्नमा सोझो जवाफ हुन्छ कुनै सफल उद्यमी । कुनै उद्यम गर्यो भने आफूलाई मात्र हैन अरु दुई-चार जनालाई रोजगारी दिन सकिन्छ । देश बनाउँन त्यो उर्जा खर्च हुन्छ ।

हाम्रो देशमा पढेलेखेको ठूलो युवा जनशक्ति विदेशमा छ । यही भएकोपनि लोकसेवा लगायत विभिन्न प्रतिस्पर्धात्मक प्रतियोगितामा आफूलाई उभ्याउन ढोका बन्द गरेर बन्द कोठामा पढिरहेको छ । सिमित सिट हुनेहुँदा केही सफल हुन्छन् । सफल नहुनेको उमेर ४० नाघिसकेको हुन्छ । त्यसपछि उद्यमशीलतामा हात हाल्न उसलाई आँट नै आउँदैन ।

यो तस्विरले देशमा नै केही गर्छु भन्ने आशा जगाउने खालको पक्कै हो । तर सबैमा यही सोच आउँदा देशलाई नाफा हैन घाटा हुनेछ । विश्व आर्टिफिशियल इन्टेलिजेन्समा अघि बढिसक्यो । अब धेरै मानिसका रोजगारीहरु रोवर्टले गर्दैैछन् । त्यो बेला सहसचिव वा खरिदार बन्नकै लागिपनि रोवर्ट चलाउन सक्ने सिप भएको हुनुपर्छ । अबको नयाँ क्रान्तिमा होमाउन न देश लागेको छ, न त युवापुस्ताले त्यतातर्फ नै सोच्न सकेको छ । यसैले यी तस्विरलाई अहिले नै शुभकामना भन्न सकिन्न ।

 

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस