२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु

सुर्खेत । चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो हावाहुरी र असिनापानीसहित चट्याङ लाग्दा भैरवी गाउँपालिका ६ तोरीमूलकी १२ वर्षीया बालिका शर्मिला कँडेलको मृत्यु भएको हो ।

चट्याङ परी घाइते भएकी उनको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए ।

प्रहरीका अनुसार चट्याङ लागेर सोही ठाउँमा एउटा बाख्रो पनि मरेको छ । हावाहुरी र असिना पानीले विशेषगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस