२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फेरि जीप दुर्घटनामा २ को मृत्यु र १० घाइते

काठमाडौं । आज आइतबार १५ः५० बजे अन्नपुर्ण गा.पा. ४ भदौरे देउराली नजिक थामडाडा घुम्तीमा पोखराबाट सल्यान तर्फ जाँदै गरेको ग.१.ज. ५५४७ नम्बरको यात्रुबाहक जिप सडकबाट अन्दाजि २००–२५० मिटर तल खस्दा २ को मृत्यु र १० घाइते भएका छन् ।

घाइते १० जनालाई उद्धार गरी पोखरा स्थित अस्पताल तर्फ ल्याईएको छ । सशस्त्र प्रहरी बल कालिका गण, स्थानीय बासिन्दा र नेपाल प्रहरीको सहयोगमा जीपमा थप ब्यक्ति समेत हुन सक्ने आशंकामा दुर्घटना स्थल वरपर खोजी कार्य जारी छ ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस