२०८१ असोज १६ गते बुधवार | 2024 October 2nd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बिभिन्न सामाजिक संघ संस्था संगको सहकार्यमा बर्जुका आगलागी पिडितका घर बनाइदिने मन्त्री चौधरीको उद्घोष

इटहरी / सुनसरी। सुनसरीको बर्जु गाउँपालिका–४ स्थित जयनगर टोलमा गत फागुन ४ गते भएको आगलागी बाट घरबास गुमाएका परिवार लाइ बिभिन्न संघ सस्था संग सहकार्य गरेर घर बनाई दिने महिला, बालबालिका तथा जेस्ठ नागरिक मन्त्रि एवम् सुनसरी निर्वाचन क्षेत्र नं ३ कि निर्वाचित संसद माननीय भगवती चौधरीले घोसणा गर्नु भएको छ।

प्रवासी नेपाली संघ ( एन आर एन ए ) तथा ताइवानी सस्था ( चुजी फाउन्डेसन ) संगको सहकार्यमा घर बास गुमाएका करिब २७ घर परिवारको पुनर्वास को निम्ति आवस्यक घर तथा स्कुल निर्माण गरिदिने घोषणा गर्दै मन्त्रि चौधरीले भन्नु भयो : नेपाल सरकार सबै दात्री निकाय संग सहकार्य गर्दै पिडितको पुनर्बास को निम्ति आवस्यक काम गर्न तयार छ। विराटनगरबाट नजिकै रहेको टोलमा फागुन ४ गते दिउँसो आगलागी भएको हो ।

आगलागीबाट २७ घरटहरा जलेका थिए। आगलागी बाट जोगिन बिभिन्न उपाय अपनाउन पर्ने भन्दै मन्त्रि चौधरीले भन्नु भयो कहिले काँही जतिनै सचेत हुँदा हुँदै पनि आगलागी हुन् सक्छ त्यो दैविक प्रकोप भनौ वा बिपत्ती, यस बिपत्ती प्रति दुख व्यक्त गर्दै पीडितका पिडामा मल्हम लगाउन आफुँ यहाँ आएको भन्दै आफु लाई एक्लो महसुस नगर्न र साथमा सरकार रहेको भन्दै पिडितलाई आस्वस्त पर्नु भएको थियो।

मन्त्रि चौधरी बाट आफु हरुले धेरै आसा अपेक्षा राखेको भन्दै पिडित हरुले आफु हरुको पुनर्बास र जीवन रक्षाको निम्ति आवस्यक पहल गरिदिन अनुरोध गरेका थिए।
उप्त्र कार्यक्रम मा बोल्दै प्रदेस सभा संसद माननीय रोहित बहादुर कार्कीले आफु संघीय सरकार र स्थानीय सरकार संग सहकार्य गर्दै पिडितको गास बास को निम्ति जस्तो सुकै कार्य गर्न तयार रहेको बताउनु भयो। उपत् कार्यक्रम मा गैर आवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत गैर आवासीय नेपाली संघकि अन्तरास्ट्रिय समन्वय समिति कि महिला संयोजक राधिका गुरुङ, उपध्यक्ष रोजिना राई। समाज कल्याण परिसदका सदस्य सचिव मनोज भट्ट, चुजी फाउन्डेसन का निर्देसक निर्देस साक्य, लगायतको सहभागिता रहेको थियो।

यस अघि नै बर्जु गाउँपालिका वडा नं. ४ का आगलागी पिडितका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको पहलमा राहत सामग्री वितरण गरिएको थियो।नेपाल रेडक्रस सोसाइटी सुनसरीले आगलागीबाट पिडित १६ घर परिवारका लागि आवश्यक राहत सामग्री वितरण गरेको रेडक्रस सुनसरी सभापति उमेश थापाले जानकारी दिए । आइतबार दिउसो ३ बजे बर्जु वडा नं. ४ स्थित जयनगर मुस्लिम टोलमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएका छन् । आगलागीबाट १६ घर परिवारका ८५ जनाभन्दा बढी प्रभावित बनेका छन् ।

रेडक्रसले पिडित प्रति परिवारलाई ११ थान आवश्यक राहत सामग्री वितरण गरेको छ । वितरण गरिएको सामग्रीहरुमा कम्बल, बाल्टी, भाडा सेट, डोरी, झुल, म्याट, त्रिपाल, प्लेन कपडा लगायत रहेका छन् । राहत वितरण रेडक्रस सभापति थापा, कोशी प्रदेश सभा सदस्य रामदेव यादव, बर्जु गाउँपालिकाकी उपमेयर नितुकुमारी चौधरी लगायतले वितरण गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस