२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंको मौसम बिग्रिँदा जनकपुर विमानस्थलमा ४ जहाज होल्ड

जनकपुर । काठमाडौंको मौसम बिग्रिँदा जनकपुर विमानस्थलमा बिहीबार बिहान ४ वटा जहाज होल्ड भएका छन् । मौसमका कारण काठमाडौं अवतरण गर्न नसकेको ३ वटा जहाजलाई भने जनकपुर विमानस्थलमा डाइभर्ट गरिएको छ । भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसक्दा जनकपुर विमानस्थलमा अवतरण गरिएको छ ।

जनकपुर विमानस्थलका प्रमुख भिमदत्त पन्तका अनुसार विराटनगरबाट काठमाडौंका लागि उडेको यति एयरलायन्सको जहाज पनि जनकपुर विमानस्थलमै डाइभर्ट गरिएको छ । यस्तै काठमाडौंबाट उडेको बुद्ध एयरको माउन्टेन फ्लाइट पनि जनकपुर विमानस्थलमा ल्याइएको छ ।

जनकपुरका लागि काठमाडौं उडनुपर्ने बुद्ध एयरको अर्को जहाज पनि जनकपुर विमानस्थलमै छ । विमानस्थल प्रमुख पन्तका अनुसार काठमाडौंको मौसममा सुधार भइरहेकाले केहीबेरमा सबै जहाज काठमाडौंका लागि उड्नेछ । जनकपुरको मौसम पनि धुम्म छ । पन्तका अनुसार जनकपुरको मौसम धुम्म रहे पनि जहाज अवतरण र उडान गर्ने भिजिबिलिटी छ ।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस