२०८१ पुष ९ गते मङ्गलवार | 2024 December 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुल्मीको मालिकामा भैंसीलाई सुत्केरी भत्ता [ सूचनासहित ]

काठमाडौं । गुल्मीको मालिका गाउँपालिकामा पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता दिइने भएको छ । मालिका गाउँपालिका-८ कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै सुत्केरी भत्ता प्राप्त गर्न पशुपालक कृषकबाट निवेदन माग गरेको हो ।

१ साउन २०८० यता भ्याएका भैसी पालक कृषकले निवेदन दिन सक्ने भएका छन् । कार्यालयका अनुसार कृषकको घरमै जन्मेको भैंसीको पाडी पहिलो बेत घरमै ब्याएको हुनुपर्ने छ । कम्तिमा तीन जना छिमेकी साँची बसेर मुचुल्का गनुपर्ने समेत कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूचना :

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस