काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँ कायम भएको छ ।