२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१३ वर्षपछि ओडारबाट उद्धार

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका –१ अध्यरी खोला जङ्गलबिचमा रहेको ओडारमा विगत १३ वर्षदेखि जीवन बिताइरहेकी एक महिलाको उद्धार गरिएको छ। गाउँपालिकाको समन्वयमा मनोरोगका कारण जंगलमा एकल बस्दै आएकी उनको उद्धार गरिएको हो।

मनोरोगको समस्या झेल्दै आएकी दैलेख आठविस नगरपालिका –१ घर भएकी ढुन्की खनाललाई उद्धार गरी मानव सेवा आश्रम सुर्खेत लगिएको छ। १३ वर्षदेखि जङ्गलबिचमा रहेको ओडार बस्दै आएको खबर पाएपछि गाउँपालिकाको समन्वयमा उद्धार गरी सुर्खेतस्थित मानव सेवा आश्रममा लगिएको आश्रमका सुर्खेत युवा परिवार संयोजक महेन्द्र थापाले बताए।

‘मानव भएर पनि जङ्गलबिचमा कष्टकर जीवन यापन बिताएको देखियो। संयोजक थापाले भने, ठाटीकाँध गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत नेमबहादुर खत्रीको पहल समन्वयमा मानव सेवा आश्रमबाट उद्धार गरियो। कहिले कसो गाउँतिर आएर खाना माग्ने गरे पनि प्रायः जङ्गलमै बस्दै आएकी ढुन्कीको उद्धारपछि उपचार र बसाई व्यवस्थापन गरिएको छ।’

आश्रमले कर्णालीमा अलपत्र परेका यस्ता थुप्रै असाहायहरुको उद्धार गरेको छ। कर्णालीमा पछिल्लो समय आश्रम थुप्रो खोलेपनि वास्तविक समस्या परेकाहरुलाई राखिदैन्। पहुँच र पावरमा राख्ने गरिन्छ। तर, मानव सेवा आश्रमले गाउँ गाउँ पुगेर समस्यामा रहेका मनोरोगीहरूलाई आश्रममा ल्याउने गरेको छ।

 

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस