२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘बडे मियाँ छोटे मियाँ’ ट्रेलर रिलीज : भारत-पाक दुश्मनीको कथामा अक्षय–टाइगर भरमार एक्सन

Bade Miyan Chote Miyan OFFICIAL TRAILER Akshay Tiger Prithviraj Jackky Deepshikha

काठमाडौं । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा दुवै कलाकारले खलनायक बनेका साउथ सुपरस्टार पृथ्वीराज सुकुमारनको नापाक योजनाबाट देशलाई बचाउने एक्सनमा देखिएका छन् । फिल्ममा अक्षय–टाइगर र पृथ्वीराजका अलावा मानुषी छिल्लर, अलाया एफ, सोनाक्षी सिन्हा र रोनित रोय पनि देखिनेछन् । यसअघि यो फिल्म डिसेम्बर २०२३ मा रिलिज हुने थियो । अब यो इदको अवसरमा अप्रिल १० मा हलमा रिलिज हुँदैछ ।

शत्रुले विनाश ल्याउन सक्ने हतियार चोर्यो
३ दशमलव ५ मिनेट लामो ट्रेलरमा अक्षय र टाइगर आफ्नो पहिचान र अनुहार नभएको शत्रुबाट देशलाई बचाइरहेका छन् । यो शत्रुको लक्ष्य मात्र बदला हो र उसले आफ्नो नाम प्रलय राख्छ। ट्रेलरमा खलनायक वैज्ञानिक कबीर (पृथ्वीराज) ले सिंगो देशलाई ध्वस्त पार्ने हतियार चोरेको देखाइएको छ ।

त्यसपछि अक्षय–टाइगर मिसनमा सामेल हुन्छन्
अब राकेश (टाइगर) र फिरोज (अक्षय) लाई यो मनोरोगी खलनायकबाट देश बचाउने र हतियार फिर्ता ल्याउने मिशनमा लगाइन्छ। तिनीहरू दुवै पात्रहरूमा सेनाको पृष्ठभूमि छ र यस मिशनमा उनीहरूलाई पाम (अलाय) र क्याप्टेन मिशा (मानुषी) ले मद्दत गर्छन्। यस ट्रेलरमा सोनाक्षी सिन्हाको पनि झलक छ । तर, उनको चरित्रको बारेमा धेरै जानकारी दिइएको छैन।

ट्रेलरको अन्तिम भागमा अक्षय–टाइगर आमनेसामने
यो एक्सन प्याक ट्रेलरको अन्त्यमा अक्षय र टाइगर एकअर्कासँग लडिरहेका पनि देखिएका छन् । यो फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् जसले सुल्तान र टाइगर जिन्दा है जस्ता फिल्महरू निर्देशन गरेका छन्। जसका निर्माता ज्याकी भगनानी हुन् ।

 

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस