२०८१ कार्तिक २० गते मङ्गलवार | 2024 November 5th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकामा पुलमाथी ठूलो दुर्घटना: तासको पत्ता झै ढल्यो पुल, ठूलो मानवीय क्षति

A big accident on the bridge in America: the bridge collapsed like an arrow

काठमाडौं । अमेरिका मेरील्यान्डको बाल्टिमोर सहरस्थित फ्रान्सिस स्कट पुल भत्किएको छ । मालबाहक डुंगाले ठक्कर दिँदा स्टिलबाट निर्मित पुल भत्किएको डेली मेलले जनाएको छ । सामाजिक सन्जाल एक्समा राखिएको एक भिडियोमा डुंगाले पुलको खम्बामा ठक्कर दिएको देखिन्छ । लगत्तै पुलको पुरै संरचनामा भाँचिएर पानीमा खसेको देखिन्छ ।

पुलको संरचना डुंगामाथि नै खसेको, डुंगाको बत्ती निभेको र कालो धुवाँ उडेको पनि देखिन्छ । यसबाट ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । अमेरिकी कोस्ट गार्ड र मेरील्याण्ड ट्रान्सपोर्टेसन अथोरिटीले पुल भाँचिएको पुष्टि गरेको छ । २० जना मानिस नदीमा डुबेको अनुमान गरिएको छ । यसको संख्या बढ्ने अनुमान गरिएको छ । यो पुल पाटाप्सको नदीमा बनेको हो।

 

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस