२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

५ बंगलादेशी नागरिक पक्राउ

5 Bangladeshi nationals arrested

काठमाडौं । भिसा अवधि समाप्त (ओभर स्टे)मा नेपाल बसेका ५ बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोह्रखुट्टेबाट सोमबार ५ जनालाई पक्राउ गरेको हो ।

बंगलादेश ढाकाका २६ वर्षीय एमडी रिफात अहमद, ढाकाकै २३ वर्षीय एमडी अबदुल्लाह, ४५ वर्षीय एमडी समसुल होदा, ३० वर्षीय अबदुल विश्वास र ३६ वर्षीय एमडी मासुम मिहा पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई अध्यागमन विभागको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस