२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य आज फेरि बढ्यो

gold price today nepal

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला सामान्य वृद्धी भएको हो । साताको अन्तिम कारोबार शुक्रबार भने एकैदिन एक हजार तीन सयले घटेको थियो ।

शुक्रबार एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको सुनको मूल्य दुई दिनको सार्वजनिक बिदापछि आज सोमबार एक लाख २६ हजार सात सय मूल्य कायम गरिएको छ । यस्तै, तेजाबी सुन सोमबार प्रतितोला एक लाख २६ हजार एक सय मूल्य कायम गरिएको हो । चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला एक हजार पाँच सय रहेको चाँदी आज सोमबार एक हजार पाँच सय पन्ध्र कायम गरिएको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस