२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनकोशीमा बेपत्ता ३ जना बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

१२ चैत, काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिको खोजी सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ । आइतबार उदयपुर त्रियुगा नगरपालिका-१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएका थिए ।

आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरले खोजतलास गरे पनि फेला नपरेपछि आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो । सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरी खोजी कार्य सुरु गरिएको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस