२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आकाशबाट खस्यो बज्रपात : नातीसहित हजुरआमा हजुरबुबाको घरकै आँगनमा मृत्यु

१० चैत, दाङ । मृत्युपनि मान्छेपिच्छे फरक हुने रैछन् । घरकै आँगनमा बज्रपात खसेजस्तै कालले जाल फाल्छ र एकै घरका तीन जनाको आगानमा नै मृत्यु हुन्छ भन्ने सायद कसैले कल्पनै गर्न सक्दैनन् । दाङमा यस्तै अकल्पनीय बज्रपात भएको छ ।  दाङ देउखुरीको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । आज (शनिबार) दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका वडानम्बर ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाती कृष्णको मृत्युु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

घर अगाडि खेलिरहेका नातीलाई करेन्ट लागेपछि बचाउन गएका हजुरआमा र हजुरबुबालाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर तीनैजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस