२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बेलायती राजकुमारीलाई क्यान्सर, दरबारले जारी गरेको भिडियोमा के छ ?

Princess of Wales

काठमाडौं । बेलायती राजकुमारी केट मिडलटनलाई क्यान्सर रोग लागेको छ । उनले यसको उपचार भइरहेको उल्लेख गर्दै प्रारम्भिक चरणमा रहेको उल्लेख गरेकी छिन । एक भिडियो जारी गर्दै उनले भनेकी छिन, ‘केही अविश्वसनीय कठिन महिनाहरूपछि ठूलो झटका थियो ।’ तर उनले सकारात्मक सन्देश दिँदै भनिन्, ‘म ठीक छु र दिनप्रतिदिन बलियो हुँदै गएको छु ।’ केन्सिङ्टन दरबारले उनी पूर्ण रुपमा निको हुने विश्वास व्यक्त गरेको छ । भिडियो सन्देशमा जनवरीमा पेटको शल्यक्रिया गर्दा शरीरमा क्यान्सर भएको थाहा नभएको भनिएको छ ।

उनले भनेकी छिन, ‘शल्यक्रियापछि गरिएको परीक्षणले मेरो शरीरमा क्यान्सर भएको थाहा भयो । मेरो चिकित्सा टोलीले मलाई निवारक केमोथेरापीको कोर्स लिनु पर्ने सल्लाह दिएको छ । म उपचारको प्रारम्भिक चरणमा छु ।’ उनको केमोथेरापी फेब्रुअरीको अन्त्यमा सुरु भएको थियो । दरबारले कुनै पनि व्यक्तिगत चिकित्सा जानकारी साझा नगर्ने स्पष्ट पारेको छ । उनलाई लागेको क्यान्सर कस्तो हो भनेर पनि खुलाइएको छैन ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस