२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

६ हजारभन्दा बढी दर्शकले भरिएको हलमा आक्रमण, ६० जनाको मृत्यु, १०० घाइते

Russia Under Attack

काठमाडौं । मस्कोस्थित एक कन्सर्ट हलमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । रुसी अनुसन्धान समितिका अनुसार उक्त आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको हो । १०० भन्दा बढी घाइते भएको समेत समितिले जानकारी गराएको छ । रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेको छ । युक्रेनले सो आक्रमणमा आफ्नो संलग्नता नरहेको कुरा स्पष्ट पारिसकेको छ । शुक्रबार मध्यरातमा रुसी राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण र सुरक्षा निकायले चालेका कदमका बारेमा निरन्तर जानकारी दिइरहेको उल्लेख गरेको थियो ।

अमेरिकाले स्थितिबारे थप जानकारी लिने प्रयास गरिरहेको जनाएको छ । मस्कोको उत्तरपश्चिमी शहर क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हल रिटेल एण्ड कन्सर्ट कम्प्लेक्समा उक्त आक्रमण भएको थियो । त्यहाँ पिकनिक नामक रुसी रक समूहको कन्सर्ट सुरु हुनुभन्दा केही समयअघि छद्म भेषमा आएका चार जना बन्दुकधारीले गोलीबारी गरेका थिए । आक्रमणको समयमा हलमा ६ हजारभन्दा बढी मानिस भएको आशंका गरिएको छ । इस्लामिक स्टेट (आईएस) ले यसको जिम्मेवारी लिएको अपुष्ट खबर आइरकेका छन ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस