२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

हुम्ला । हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हुम्लाको अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नम्बर ५ को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जीप शनिबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अदानचुली गाउँपालिका- ५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी रवीन्द्र खनालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

 

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस