२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री मेलोनीको डीपफेक पोर्न भिडियो भाइरल

Giorgia Meloni deepfake porn

काठमाडौं । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको डीपफेक पोर्न भिडियो भाइरल भएको छ । ४० वर्षीय आरोपीले आफ्ना ७३ वर्षीय पितासँग मिलेर मेलोनीको भिडियोलाई अमेरिकी पोर्न वेबसाइटमा पोस्ट गरेका हुन । बीबीसीका अनुसार, आरोपीहरूले मेलोनी प्रधानमन्त्री बन्नु भन्दा पहिले, अर्थात् २०२२ मा डीपफेक भिडियो बनाएको थिए । पोर्नस्टारको अनुहारमा जर्जियाको अनुहार राखेर उक्त भिडियो बनाइएको छ । दुवै आरोपीहरूविरुद्ध मेलोनीले मानहानीको मुद्दा दायर गरेकी छिन । मेलोनी अक्टोबर २०२२ मा इटालीकी प्रधानमन्त्री बनेकी थिइन ।

उनले १ लाख यूरो बराबरको क्षतिपूर्ति मागसहित मानहानी मुद्दा दायर गरेकी छन । डीपफेक भिडियो अपलोड गर्नका लागि प्रयोग गरिएको मोबाइलमार्फत् प्रहरी आरोपीहरूसम्म पुगेको हो । प्रधानमन्त्री मेलोनीका अधिवक्ता मारिया गिउलिया मारोङगिउको अनुसार, प्रधानमन्त्रीले माग गरेको रकम प्रतिकात्मक हो, जसको उद्देश्य महिलाहरूलाई यस्तो अपराधसँग लड्न साहस दिनु रहेको छ । यदि क्षतिपूर्ति रकम पाएमा त्यस रकमलाई हिंसामा परेका महिलाहरूको मद्दतका लागि एक कोषमा दान गरिनेछ ।

२०२२ मा अपलोड भएको यो भिडियो करोडौंले हेरेको छन् । मेलोनी आफ्ना बयानका कारण पनि विवादमा रहने गरेकी छिन । अगस्ट २०२२ मा, जर्जिया मेलोनीले बलात्कारको भिडियो पोस्ट गरेकी थिइन । त्यसपछि उनी विवादमा परिन् । भिडियो पिसेन्जा शहरको थियो । भिडियोमा एक अश्वेत व्यक्तिले युक्रेनकी शरणार्थी महिलालाई बलात्कार गरिरहेको देखिन्थ्यो । त्यो भिडियो पोस्ट गर्दै मेलोनीले यस्ता घटनासँग कडाइका साथ लड्ने दाबी गरेकी थिइन ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस