काठमाडौं । काठमाडौं ठमेलस्थित छायाँ सेन्टरको प्लेब्वाई क्लबमा आज शुक्रबार बिकिनी फेशन शो हुनेभएको छ । ‘युसा विरागो शो’को चौथो वार्षिकोत्सवको अवसरमा यहाँ बिकिनी फेशन शो हुन लागेको हो ।
युसा मगरका अनुसार शोमा १५ जना हट मोडलहरुले आफ्नो बिकिनी डान्ससहितको प्रस्तुति दिने छन् । कार्यक्रममा विशेष नृत्य शो, म्याजिक मशरूमको लाइभ म्युजिक र डेनजोंग केटीएम हाइप डीजे सुजितको लाइभ रहनेछ ।