२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अफगानिस्तानमा आत्मघाती विस्फोटमा २१ जनाको मृत्यु, इस्लामिक स्टेटले लियो जिम्मा

९ चैत, काठमाडौं । अफगानिस्तानको कान्दहारमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । यो विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ । अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो । त्यतिबेला सेवाग्राहीहरुको भीड थियो । धेरैजसो सेवाग्राही तलब निकाल्न बैंकमा लाइन लागेका थिए । त्यहीबेला आत्मघाती बम विस्फोट भएको थियो ।

बीबीसीका अनुसार तालिबान सरकारले यो घटनामा तीन जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । तर बीबीसीले नै चिकित्सक स्रोतलाई उद्धृत गर्दै २१ जनाको मृत्यु भएको र कम्तिमा ५० जना घाइते भएको उल्लेख गरेको छ । विस्फोटमा परेकाहरुको उपचार कान्दहारको सबैभन्दा ठूलो अस्पताल मिरवाइसमा भइरहेको छ ।

बीबीसीले यो घटना यस वर्षको सबैभन्दा ठूलो विस्फोटको घटना हुन सक्ने पनि जनाएको छ । कान्दाहार तालिबान सत्ताको केन्द्र हो । तालिबानका सुप्रिम कमाण्डर यहीं रहन्छन् ।

 

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस